अफगान नागरिकलाई काबुल विमानस्थलमा जान तालिबानको रोक


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
अफगान नागरिकलाई काबुल विमानस्थलमा जान तालिबानको रोक

१३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्‍याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो ।

पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि काम गर्ने सबैलाई उद्धार गर्न नसकिने बताइसकेका छन् । यद्यपि आगामी दिनमा तालिबानसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनीहरुको भनाइ छ ।

अमेरिकाको गठबन्धनमा आबद्ध सबैजसो मुलुकले अफगानिस्तानबाट उद्धारको काम सकिसकेका छन् । तर, अमेरिकाले भने अगष्टको अन्तिमसम्म उद्धारको कार्य जारी राख्ने बताएको छ ।

अमेरिकाको तथ्यांकअनुसार अगष्ट १४ यता अमेरिकी सेनाले एक लाख १२ हजारभन्दा धेरैलाई अफगानिस्तानबाट उद्धार गरिसकेको छ । जुलाईको अन्तिमयता उसले एक लाख १७ हजारभन्दा धेरै मानिसको उद्धार गरेको छ । शनिबार बेलायतले अफगानिस्तानको अन्तिम उद्धार उडान भरेको थियो ।

यसैबीच तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्नो संगठनले विमानस्थलको केही भाग नियन्त्रणमा लिइसकेको बताएका छन् । साथै अमेरिकी सेना हटेसँगै विमानस्थललाई शान्तिपूर्ण रुपमा नियन्त्रणमा लिन तयार रहेको मुजाहिदले बताएका छन् । यद्यपि अमेरिकी सेनाले भने विमानस्थल पूर्ण रुपमा आफ्नो नियन्त्रणमा रहेको बताएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap