अफगान उपराष्ट्रपति पनि देश छोडेर भागे


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
अफगान उपराष्ट्रपति पनि देश छोडेर भागे

काठमाडौं। अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेह देश छोडेर भागेको तालिबानले दावी गरेको छ । आज एक पत्रकार सम्मेलन गर्दै तालिबानले देशका उपराष्ट्रपति सालेह देश छाडेर भागेको बताएको हो । यसअघि सालेह पंजशीरमा थिए र नर्दर्न एलायन्सको साथमा तालिबानविरुद्ध युद्ध गरिरहेका थिए ।

अफगानिस्तानका राष्ट्रपति अशरफ गनी १५ अगष्टमा तालिबानले राजधानी काबुलमा कब्जा गरेलगत्तै देश छाडेर भागिसकेका छन् । राष्ट्रपतिले देश छाडेर भागेपछि उपराष्ट्रपति अमरुल्लाह सालेहले आफूलाई देशको कार्यवाहक राष्ट्रपति घोषणा गरेका थिए । त्यसपछि पंजशीर गएका उपराष्ट्रपति सालेह पंजशीरमै बसिरहेका थिए ।

तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा आफूलाई अमरुल्लाह सालेह अफगानिस्तान छाडेर ताजकिस्तान भागेको जानकारी दिइएको बताएका छन् । गत हप्ता सालेहले एक भिडियो शेयर गर्दै आफू पंजशीर छाडेर नभागेको बताएका थिए ।

आजको पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले पंजशीर जसको कब्जामा थियो ती मानिसहरु गायब भएको बताएका छन् । उनले अफगानिस्तान ती भाग्नेहरुको पनि घर भएको बताउँदै उनीहरु चाहेको बेला फर्किन सक्ने बताए । उनले पंजशीरमा बरामद गरिएका हतियार अफगानिस्तानको हतियार भण्डारमा समावेश गरिने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap