अफगानिस्तान विमानस्थलमा बम विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो


लेखक : सुन्दराञ्चल      भदौ ११, २०७८ मा प्रकाशित     
अफगानिस्तान विमानस्थलमा बम विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो

११ भदौ, काठमाडौं । अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या बढेको छ ।

बम विस्फोटमा परी ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार विस्फोटमा मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् ।

अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई नै लक्षित गरी विस्फोट गराइएको बताइएको छ ।

उनीहरु अमेरिकाले ल्याएको जहाजमा अफगानिस्तान छोड्न लागेका थिए । यसअघि नै अमेरिका र बेलायतले आतंकावादी हमला हुनसक्ने भन्दै चेतावनी जारी गरेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap