अफगानिस्तान : तालिबानको सरकारमा आन्तरिक विवाद


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
अफगानिस्तान : तालिबानको सरकारमा आन्तरिक विवाद

३० भदौ, काठमाडौं । अफगानिस्तानमा हालै मात्र सरकार बनाएको तालिबानभित्रै आन्तरिक विवाद देखिएको छ । बीबीसीका अनुसार नयाँ सरकारबारे तालिबानका सह संस्थापक मुल्लाह अब्दुल बरादर र मन्त्रिपरिषद्का सदस्यबीच राष्ट्रपति भवनमा विवाद भएको हो ।

यसअघि नै बरादर सार्वजनिकरुपमा देखिन छाडेसँगै तालिबानभित्रै विवाद भएको अनुमान गरिएको थियो । तर, तालिबानले भने यसलाई अस्वीकार गर्दै आएको थियो ।

तालिबानले गत महिना अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको थियो । हालै मात्र उसले अफगानिस्तानमा नयाँ सरकारको घोषणा गरेको थियो । उसको सरकारमा सबै पुरुष मात्र सामेल छन् र अधिकांश सदस्य तालिबानसँग निकट मानिसहरु मात्र छन् ।

तालिबानका एक स्रोतले दिएको जानकारीअनुसार बरादर र शरणार्थी मन्त्री खलिल उर-रहमान हक्कानीबीच विवाद भएको हो । उनीहरुका समर्थकहरु पनि एकअर्कामाथि खनिएका थिए । कतारस्थित तालिबानको कार्यालयका एक सदस्यले पनि गत साता अफगानिस्तानको राष्ट्रपति कार्यालयमा विवाद भएको पुष्टि गरेका छन् ।

स्रोतका अनुसार नयाँ सरकारको उपप्रधानमन्त्रीसमेत रहेका बरादर सरकारको संरचनाप्रति खुसी थिएनन् । त्यसैले यो विवाद निस्किएको हो । यो विवादपछि बरादर काबुल छाडेर कन्दाहार गएका छन् । सोमबार सार्वजनिक भएको एक अडियो रेकर्डिङमा उनी यात्राको क्रममा टाढा पुगेको बताइएको थियो । ‘अहिले म जहाँ भए पनि हामी सबै कुशल छौं’, बरादरले भनेका थिए । यद्यपि यो रेकर्डिङ उनकै हो भन्ने पुष्टि हुन सकेको छैन ।

तालिबानले आधिकारिकरुपमा भने बरादरसँग कुनै किसिमको विवाद नभएको बताउँदै आएको छ । यद्यपि उनी अहिले के गरिरहेका छन् भन्ने विषयमा भने स्पष्ट जवाफ दिएको छैन । तालिबानका प्रवक्ताले उनी सर्वोच्च नेतालाई भेट्न कन्दाहार गएको बताएका छन् । तर, पुनः बोली फेर्दै उनले थकित भएकाले केही समय आराम गर्न कान्दाहार गएको बताएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap