अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक !


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक !

अमेरिकी सेनाले काबुल छाड्ने अन्तिम सैनिकहरूको फोटो शेयर गरेको छ । यससँगै अफगानिस्तान अमेरिकाको २० वर्षे युद्ध अन्त्य भयो । नाइट भिजन क्यामेराबाट खिचिएको तस्बिरमा ८२ एयरबर्न डिभिजनका कमान्डर जनरल क्रिस डोनाहु सोमबार राति विमानमा चढ्नका लागि हिँडिरहेको देखिन्छ । ‘अन्तिम अमेरिकी सैनिकले अफगानिस्तान छाडे,’ अमेरिकी सेन्ट्रल कमाण्डले ट्वीट गरेको छ ।

सोमबार राति अमेरिकी सैनिकहरूको अन्तिम बहिर्गमनले पूर्ण पाएको हो । मध्यरात स्थानीय समयअनुसार १२ बज्नभन्दा एक मिनेटअघि अमेरिकी सैन्य विमान काबुलबाट उडेको थियो ।

अमेरिका र उसका सहयोगीहरूले तालिबानकै भरोसामा काबुललाई छाडेर हिँडेका छन्, यो त्यही इस्लामिक सैन्य समूह हो, जसलाई उनीहरूले २००१ मा सत्ताच्युत गरेका थिए । अमेरिकाले विमानस्थल छाड्नुअघि सैन्य विमानहरू, बख्तरबन्द गाडी र हाई–टेक डिफेन्स प्रणालीलाई निःशस्त्रीकरण गरेको अमेरिकी जनरलले बताए ।

सेन्ट्रल कमाण्ड प्रमुख जनरल केन्निथ म्याक्केन्जीका अनुसार यसअघि नै हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ७३ वटा विमानहरूलाई फेरि प्रयोगमा आउन नसक्ने गरी निःशस्त्रीकरण गरिएको थियो । ‘यी विमानहरू फेरि कहिल्यै उड्ने छैनन् । यसलाई कसैले चलाउन सक्ने छैन,’ उनले भने ।

उनका अनुसार झन्डै ७० वटा एमआरएपी बख्तरबन्द रणनीतिक गाडीहरू अमेरिकी सैनिकले विमानस्थलमै छाडेका छन् । प्रत्येक गाडीको मूल्य १० लाख अमेरिकी डलर हाराहारीमा पर्छ । यसलाई विमानस्थल छाड्नुअघि अमेरिकी सेनाले बिगारेको छ, त्यसैगरी २७ वटा हम्भी पनि बिगारिएको छ । यसअघि अगस्ट १४ वटा अमेरिकाले काबुल विमानस्थलमा उद्धारकार्य सुरु गरेको थियो, त्यस मिसनका लागि ६ हजार सेना बसेका थिए र उनीहरूले यी अत्याधुनिक गाडीहरू प्रयोग गरेका थिए ।  ‘यी गाडीहरू अब कसैले प्रयोग गर्न सक्नेछैन,’ उनले भने ।

रकेट आक्रमणबाट विमानस्थललाई जोगाउनका लागि अमेरिकाले यहाँ सी–¥याम प्रणाली पनि जडान गरेको थियो । सोमबार इस्लामिक स्टेटले प्रहार गरेका पाँचवटा रकेटलाई निस्तेज गर्न यो प्रणालीले काम गरेको थियो । ‘हामीले अमेरिकी विमान फर्कने अन्तिम मिनेटसम्म पनि यी प्रणालीलाई सञ्चालन गरिरहेका थियौँ, म्याक्केन्जीले भने,‘यी प्रणालीहरूलाई तीव्र रूपमा ध्वस्त गर्नु जटिल थियो । त्यसैले हामीले निःशस्त्रीकरण ग¥यो, जसकारण त्यसलाई फेरि कहिल्यै प्रयोगमा ल्याउन सकिँदैन ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap