अफगानिस्तानमा रहेका सबै अमेरिकीलाई स्वदेश ल्याइन्छ : राष्ट्रपति बाइडन


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
अफगानिस्तानमा रहेका सबै अमेरिकीलाई स्वदेश ल्याइन्छ : राष्ट्रपति बाइडन

३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा रहेका सबै अमेरिकी नागरिकलाई स्वदेश ल्याइने बताएका छन् । उनले आवश्यक परे अफगानिस्तानमा अमेरिकी सेना यसअघि दिइएको अन्तिम म्यादसम्मै बस्न सक्ने बताएका छन् । तालिबानका लडाकुले उद्धारको पर्खाइमा रहेका मानिसलाई विमानस्थलमा आउन नदिएको समाचारसँगै बाइडनले यस्तो बताएका हुन् ।

बाइडन अगष्टको अन्तिमसम्ममा सबै अमेरिकी सैनिक फिर्ता ल्याउन चाहन्छन् । तर, अझै पनि अफगानिस्तानमा करीब १५ हजार अमेरिकी नागरिक फसेका छन् ।

एबीसी न्युजसँगको कुराकानीमा उनले अब अफगानिस्तानको हिंसा रोक्न नसक्ने बताएका छन् । अहिले अफगानिस्तानबाट अन्य मुलुकले आफ्ना नागरिक तथा आफूसँग काम गरेका मानिसहरुलाई धमाधम उद्धार गरिरहेका छन् ।

यद्यपि तालिबानले भने मानिसहरुलाई एयरपोर्ट जानबाट रोकिरहेको छ । मंगलबार एयरपोर्टतर्फ गइरहेका एक दोभाषेलाई तालिबानले खुट्टामा गोली हानेको थियो । केही अमेरिकी नागरिकले पनि आफूहरु तय गरिएको उद्धार उडानसम्म पुग्न नपाएको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap