अफगानिस्तानमा फसेका नेपालीको उद्धार गर्न किन ढिलाइ हुँदैछ?


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
अफगानिस्तानमा फसेका नेपालीको उद्धार गर्न किन ढिलाइ हुँदैछ?

काठमाडौं३२ साउन। तालिवानले अफगानिस्तानको राज्यसत्ता नियन्त्रणमा लिएपछि त्यहाँ भएका नेपाली नागरिकको उद्धारमा सरकारले तदारुकता नदेखाएको भन्दै सरकारको आलोचना भएको छ। सरकारले भने आइतबार अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई आफ्नो सम्पर्कमा आउन आग्रह छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्ष्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन निर्देशन दिएको बताएको छन्। प्रधानमन्त्री देउवाले सोमबार विहान ट्विट गर्दै सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भन्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने बताएका छन्।

अफगानिस्तानमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन। परराष्ट्रमन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार त्यहाँ करिव १५ जति नेपाली रहेको अनुमान छ। श्रम स्वीकृति लिएर गएका करिव १५ सय भएपनि गैरकानुनी रुपमा गएका नेपालीको संख्या त्यसमा समेटिएको छैन।

‘त्यहाँ जुन जुन निकायमा नेपालीहरु हुनुहुन्छ, सम्बन्धित देशमा दूतावास निकायलाई उहाँहरुको निकायमा कार्यरत नेपालीको पनि उद्धार गरिदिन आग्रह गरेका छौं,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले डिसी नेपालसँग भनिन्, ‘त्यसबाहेक पनि बिलखीबन्धनमा परेका नेपालीहरुलाई हामीले सम्पर्कमा आउन आग्रह गरेका छौं।’

उनले अफगानिस्तानमा श्रम स्वकृति लिएर गएका नेपालीको संख्या करिव १५ सय रहेको बताइन्। अफगानिस्तानमा धेरै जसो नेपाली अमेरिका, बेलायत, इयू, जापान, जर्मन र यूएनका एजेन्सीमा कार्यरत रहेको उनीहरुले आफ्ना नागरिक उद्धार गर्दा नेपाली पनि उद्धार गरिदिने सरकारले अपेक्षा लिएको परराष्ट्रले जनाएको छ।

अहिले अफगानिस्तानलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले गर्दै आएको छ। दिल्लीस्थित दूतावासले नेपालीको उद्धारका लागि थप समन्वय गरिरहेको छ। हालसम्म नेपाली उद्धार भएको परराष्ट्रमा जानकारी नआएको बताइएको छ।

काबुलस्थित विभिन्‍न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्‍ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्‍न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्‍ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ ।

पूर्व परराष्ट्रसचिव डा. मदनकुमार भट्टराई अफगानिस्तानमा तालिवान दबदबा बढ्दै गएपछि त्यहाँ रहेका नेपालीलाई उद्धार गर्न सरकारले पहल नगर्दा समस्या बढेको बताए। ‘तालिवानले अफगानिस्तानका मुख्य सहर कब्जा गर्न थालेपछि त्यहाँ रहेका नेपालीलाई सरकारले उद्धार गर्नुपथ्र्यो,’ भट्टराईले डिसी नेपालसँग भने, ‘जुन जुन मुलुकका दूतावासमा कार्यरत नेपाली उनीहरु ती दूतावासलाई भनेर उद्धार गर्न सकिन्थ्यो।’

दुई दशक अघि अमेरिकी सैन्य कारबाहीबाट बिस्थापित हुनु अघि इस्लामिक कानूनका आधारमा अफगानिस्तानमा सत्ता शासन गर्दै आएको तालिबान लडाकु अहिले राजधानी काबुलपनि कब्जा गरिसकेका छन्। काबुलस्थित राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको घोषणा गरेका छन्। राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका छन्।

सन् २००१ को सेप्टेम्बर ११ तारिकका दिन अमेरिकाका विश्व व्यपार केन्द्रका दुई भवनमा बिमान आक्रमण गरेर हजारौँ मानिसका हत्याको अभियोग लागेका ओसामाबिन लादेनको खोजीमा अमेरिकी सैनिक अफगानिस्तान पसेको थियो। दुई दशक लामो अवधिमा अमेरिकाले आफ्नो प्रमुख शत्रु लादेनको हत्यामात्र गरेन अफगानिस्तानलाई तालिवाानको त्रासबाट मुक्तपनि गरायो।

त्यही कारण हजारौँ नेपाली रोजगारी खोज्दै अफगानिस्तान पसेका थिए। अहिले अमेरिका र उसका सहयोगी देशका सैनिक घर फर्कन थालेपछि त्यहाँ रहेको नेपालीहरुको ज्यान जोखिममा पर्न थालेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap