अफगानिस्तानबाट साउन २२ देखि हालसम्म २८२ नेपाली काठमाडौं उत्रिए


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
अफगानिस्तानबाट साउन २२ देखि हालसम्म २८२ नेपाली काठमाडौं उत्रिए

विद्रोही तालिबान समूहले अफगानिस्तान नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किइरहेका छन् । मंगलबार जजिरा एयरको चार्टर्ड विमान मार्फत ११८ जना नेपाली कतारको दोहाबाट कुवेत हुँदै काठमाडौं आइपुगेका छन् ।

अफगानिस्तानबाट साउन २२ पछि नेपाली आउने क्रम जारी छ । साउन २२ देखि ३२ गतेसम्म व्यक्तिगत प्रयासबाट १६४ जना अफगानिस्तानबाट काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । आज आएकासहित यो बीचमा स्वदेश फर्कने नेपालीहरुको संख्या २ सय ८२ पुगेको छ ।

‘साउन २२ देखि ३२ सम्ममा अफगानिस्तानबाट १६४ जना नेपाली काठमाडौं आएका छन्’ विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुशिल वैद्यले रातोपाटीसँग भने–‘आज जजिराको चार्टर्ड विमानबाट नेपालीहरु काठमाडौं आउनुभएको छ ।’

अफगानिस्तानबाट फर्किएका नेपालीलाई नेपाली सेनाले सामाखुसीस्थित राधास्वामी सत्संगको क्वारेन्टिनमा लगेको छ । तालिवानले अफगानिस्तान कब्जामा लिएपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विभिन्न देशहरुले आफ्ना नागरिक त्यहाँबाट उद्दार गरिरहेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap