अफगानिस्तानबाट साउन २२ देखि हालसम्म २८२ नेपाली काठमाडौं उत्रिए


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
अफगानिस्तानबाट साउन २२ देखि हालसम्म २८२ नेपाली काठमाडौं उत्रिए

विद्रोही तालिबान समूहले अफगानिस्तान नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किइरहेका छन् । मंगलबार जजिरा एयरको चार्टर्ड विमान मार्फत ११८ जना नेपाली कतारको दोहाबाट कुवेत हुँदै काठमाडौं आइपुगेका छन् ।

अफगानिस्तानबाट साउन २२ पछि नेपाली आउने क्रम जारी छ । साउन २२ देखि ३२ गतेसम्म व्यक्तिगत प्रयासबाट १६४ जना अफगानिस्तानबाट काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । आज आएकासहित यो बीचमा स्वदेश फर्कने नेपालीहरुको संख्या २ सय ८२ पुगेको छ ।

‘साउन २२ देखि ३२ सम्ममा अफगानिस्तानबाट १६४ जना नेपाली काठमाडौं आएका छन्’ विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुशिल वैद्यले रातोपाटीसँग भने–‘आज जजिराको चार्टर्ड विमानबाट नेपालीहरु काठमाडौं आउनुभएको छ ।’

अफगानिस्तानबाट फर्किएका नेपालीलाई नेपाली सेनाले सामाखुसीस्थित राधास्वामी सत्संगको क्वारेन्टिनमा लगेको छ । तालिवानले अफगानिस्तान कब्जामा लिएपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विभिन्न देशहरुले आफ्ना नागरिक त्यहाँबाट उद्दार गरिरहेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap