अफगानिस्तानको बागराम एयरबेस हात पार्न खोज्दै चीन, सतर्क भारत


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
अफगानिस्तानको बागराम एयरबेस हात पार्न खोज्दै चीन, सतर्क भारत

अफगानिस्तानमा तालिबान सत्तामा आएपछि चीनले काबुल बाहिर रहेको बागराम एयरबेस हात पार्न खोजेको छ । चीनले उक्त एयरबेस भारतका विरुद्ध प्रयोग गर्ने संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्व राजदूत निक्की हेलीले बताएकी छन् ।  बागराम एयरबेस २० वर्षसम्म अमेरिकाको सबभन्दा ठूलो सैन्य अड्डा थियो । आतंकवादीहरूका विरुद्ध हवाई आक्रमण गर्न अमेरिकाले यसको उपयोग गर्ने गरेको थियो ।

हेलीका अनुसार, अमेरिका जस्तो तरिकाले अफगानिस्तानबाट बाहिरिएको छ त्यसबाट जिहादीहरू उत्साहित भएका छन् । उनीहरू यसलाई आफ्नो नैतिक जीत मानिरहेका छन् । अझ अमेरिकाले आफ्ना महंगा सैन्य उपकरण तथा हातहतियार त्यत्तिकै छोडेकाले तालिबान उत्साहित भइरहेको हेलीको भनाइ छ ।  यस्तो स्थितिमा आतंकवादविरुद्धको युद्ध पुनः शुरू गर्नुपर्ने उनले बताइन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap