अफगानिस्तानको नयाँ सरकारसँग सम्बन्ध कायम राख्ने चीनको निर्णय


लेखक : सुन्दराञ्चल      भदौ २३, २०७८ मा प्रकाशित     
अफगानिस्तानको नयाँ सरकारसँग सम्बन्ध कायम राख्ने चीनको निर्णय

२३ भदौ, काठमाडौं । चीनले अफगानिस्तानमा बनेको नयाँ सरकारसँग पनि राम्रो सम्पर्क राख्ने बताएको छ ।

अफगानिस्तानको पुनर्निर्माणको लागि यो कदम आवश्यक रहेको चीनको भनाइ छ । बुधबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले प्रेस ब्रिफिङको क्रममा यस्तो बताएका हुन् ।

तालिबानले मंगलबार अफगानिस्तानको नयाँ सरकार घोषणा गरेको छ । जसमा आफ्नै संगठनका प्रमुख नेतालाई मुख्य कार्यभार दिएको छ । त्यस्तै उसले अमेरिकाको आतंकवादीको सूचीमा रहेका व्यक्तिलाई पनि सरकारमा सामेल गरेको छ ।

चीनले भने आफूले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय एकरुपताको सम्मान गर्ने वाङले बताएका छन् । तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै चीनले खुला र समावेशी सरकार गठन हुनुपर्ने बताएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अफगानिस्तानको नयाँ सरकारले सबै किसिमका मानिसको कुरा सुनेर आफ्ना मानिसको इच्छा र अन्तर्राष्ट्रिय समुदायको चाहनालाई पनि पूरा गर्नुपर्ने बताएका छन् ।

तालिबानले यसअघि नै चीनलाई आफ्नो महत्वपूर्ण साझेदार मुलुक भएको बताइसकेको छ । चीनले पनि तालिबानले काबुल सहरमा कब्जा जमाएपछि आफ्नो दूतावास बन्द नगरी त्यहाँ रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न सुझाएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap