अफगानिस्तानको दूतावास बन्द नगर्ने चीन र रुसको संकेत


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
अफगानिस्तानको दूतावास बन्द नगर्ने चीन र रुसको संकेत

३२ साउन, काठमाडौं । तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै अमेरिकासहितका ६५ मुलुकले आफ्ना विदेशी नागरिकलाई स्वतन्त्र रुपमा आफ्नो मुलुक फर्किन दिनुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका छन् । साथै अहिले अफगानिस्तानबाट विदेशी नागरिकलाई उद्धारको काम पनि चलिरहेको छ । तर, रुस र चीनले भने अफगानिस्तानको दूतावास बन्द गर्ने कुनै योजना नरहेको संकेत गरेका छन् ।

चीनले आफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न र अवस्थाप्रति सतर्क रहन सुझाएको छ । साथै उसले अफगानिस्तानका विभिन्न निकायलाई आफ्ना नागरिकको सुरक्षाको लागि आग्रह गरेको छ । रुसको विदेश मन्त्रालयले पनि आफ्ना नागरिकको उद्धार गर्ने कुनै योजना नरहेको बताएको छ ।

तालिबानका प्रतिनिधिले गत जुलाईको अन्तिममा चीन भ्रमण गरेका थिए । सो क्रममा उनीहरुले चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गरेका थिए । उक्त भेटलाई तालिबानको राजनीतिक शक्तिको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाउने प्रयासको रुपमा लिइएको थियो ।

चीनको विदेश मन्त्रालयले भने अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आफ्नो रणनीति रहँदै आएको स्पष्ट पारेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap