धनगढी, १३ जेठ / धनगढीमा अनलाइन पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रम समापन गरिएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा अनलाइन पत्रकारिता गरिरहेका पत्रकारको उपस्थितिमा धनगढीको आस्था होटेलको सभाहलमा ३ दिने प्रशिक्षण आज सम्पन्न भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजना र नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम गरिएको प्रेस युनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष मनमोहन स्वाँरले बताए।
प्रशिक्षण कार्यक्रम सुदूरपश्चिमका विभिन्न जिल्लाका ३० जना पत्रकारको सहभागिता रहेको थियो । आज सम्पुर्ण प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरी समापन गरिएको छ ।