कात्तिक ३०, वैदेशिक रोजगार विभाग र कार्यालयले अनलाइन प्रणाली मार्फत सेवा प्रवाह गर्दै आएका छन् । यी निकायहरूबाट सेवा प्राप्त गर्नको लागि स्वदेश तथा विदेशमा रहेका सेवाग्राहीहरू विभाग वा कार्यालयमा भौतिक रूपमा उपस्थित हुन नपर्ने गरी व्यवस्था मिलाइएको छ ।
प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर पनि अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने व्यवस्था छ । त्यतिगर्दा पनि सेवाग्राहीको नाममा बिचौलियाहरू कार्यस्थलमा प्रवेश गर्ने, कर्मचारीहरूलाई कार्यसम्पादनमा असर पर्ने खालका गतिविधि गर्दै आएको पाइएको छ । कार्यस्थलमा प्रवेश गरी कर्मचारीहरूलाई कार्यसम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका कामहरू गर्न अनेक दबाब दिने, प्रलोभनमा पार्ने तथा आफ्नो निहित स्वार्थ पूरा नहुँदा कार्यालयको काम कारबाहीप्रति नकारात्मक टिप्पणी र मिडियावाजी गर्ने प्रवृत्ति देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सेवा प्रवाहको क्रममा बिचौलिया वा अन्य कुनै व्यक्तिको प्रभावमा नपर्न समेत सबैमा अनुरोध गरेको छ । यस विषयमा कुनै गुनासो भएमा कार्यालय प्रमुख÷विभागीय प्रमुख तथा यस मन्त्रालयको कल सेन्टरको निःशुल्क फोन गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।रातोपाटी