अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको निराशा लामो समय नरहने बताए


लेखक : सुन्दराञ्चल      चैत्र २८, २०७९ मा प्रकाशित     
अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको निराशा लामो समय नरहने बताए

२८ चैत,  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको निराशा लामो समय नरहने बताएका छन् । मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

कोभिड–१९बाट जोगाउन सकेको अर्थतन्त्रलाई आफ्नै कमजोरीले अप्ठ्यारोमा परेको भन्दै उनले यो अप्ठ्यारो लामो समय नरहने बताए । ‘कोभिडबाट बचाएको अर्थतन्त्र हाम्रै कारण अप्ठ्यारोमा पर्यो । अहिलेको निरासाजनक अवस्था लामो समय रहँदैन,’ अध्यक्ष गोल्छाले भने ।

अहिलेको समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न पनि उनले सुझाव दिए । उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अप्ठ्यारो पर्ने भन्दै उनले सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गरे ।

लोकप्रियताभन्दा पनि दिगो योजना बनाएर दिगो आर्गिक वृद्धिका लागि काम सरकारलाई सुझाव दिंदै उनले नेपाली उद्योगलाई सहुलियतमा बिजुली उपलब्ध गराउन पनि उनले आग्रह गरे ।महासंघ सरकार विरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै उनले जनताको जीवनस्तर उठाउन काम गरिने बताए । हामीसँग विश्व बजारमा छिरेका देशहरु धेरै माथि पुगेका उदाहरणले नेपाल पनि पुग्न सक्छ भन्दै गोल्छाले अहिलेको अप्ठ्यारो अवस्थामाथि उठाउन सरकारको विशेष ध्यानाकर्षण गराए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap