अत्यधिक गर्मीका कारण साउदीमा हज यात्राका क्रममा ६ सय बढीको मृत्यु


लेखक : सुन्दराञ्चल      असार ६, २०८१ मा प्रकाशित     
अत्यधिक गर्मीका कारण साउदीमा हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

काठमाडौं- असार ६ अत्यधिक गर्मीका बीच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ ।

बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्धवृद्धा र दीर्घरोगीहरुको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया लगायत देशका नागरिकहरु छन् । भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको त्यहाँस्थित कुटनीतिक नियोगलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

हज यात्राका क्रममा वर्षेनि यत्तिका संख्यामा हजयात्रीहरुको मृत्यु गरेको छ । तर यो वर्ष अझै समय बाँकी रहेकाले विगतभन्दा धेरैले ज्यान गुमाउनुपर्ने स्थिति बनेको अधिकारीहरुले बताएका छन् । ‘यो हरेक वर्ष हुन्छ । यो पनि निरन्तरता नै हो । तर अब केही दिनमा यो अझै बढेर जाँदैछ भन्ने कुरा चाँहि हाम्रो लागि जोखिमपूर्ण हो,’ एक अधिकारीले भनेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap