अत्तरिया – धनगढी ६ लेन सडकमा टिप्पर दुर्घटना


लेखक : सुन्दराञ्चल      अशोज १०, २०७८ मा प्रकाशित     
अत्तरिया – धनगढी ६ लेन सडकमा टिप्पर दुर्घटना

धनगढी १० असाेज । धनगढी ६ लेन सडकमा टिप्पर दुर्घटना भएको छ । अत्तरियावाट मनेहरा तर्फ माटो बोकेर जादै गरेको से १ ख १९९८ नम्बरको टिप्पर गेटा मेडिकल कलेज नजिकै आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनावाट कुनै मानविय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । आगाडीको  सबारीलाई बचाउन खोज्दा टिप्पर आफै अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

टिप्पर दुर्घटना हदाँ माटो सबै सडकमा परेको थियो । तत्काल प्रहरीको टोली त्यहाँ गएर जेसिजी लगाएर टिप्पर र मोटो उठाएर बाटो सफाई गरिएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap