२६ साउन, काठमाडौं । वैशाख २८ गते एकैदिन ९,४८३ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या विस्तारै घट्दै गएको थियो । यो संख्या असार २० मा १,६०३ जनामा झर्यो । त्यसयता केही समय स्थिर र त्यसपछि क्रमश संक्रमितको संख्या बढ्दै मंगलबार ४९०४ मा पुगेको छ ।
पछिल्लो २४ घण्टामा १९,१२३ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ४,९०४ जनामा संक्रमण पुष्टि भएको छ । यो भनेको प्रत्येक चार जनामा गरेको परीक्षणमा एक जना संक्रमित हुनु हो । बुधबार थपिएको यो संक्रमित संख्या दोस्रो लहरको न्युनतम विन्दुमा फेला परेको संक्रमित संख्याभन्दा तीन गुणाले बढी हो भने जेठ २६ गतेयताकै उच्च संख्या पनि हो ।