अछाममा सडक सीमा अतिक्रमण गर्ने क्रम बढ्दो, बनाइएका संरचना हटाउन निर्देशन


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
अछाममा सडक सीमा अतिक्रमण गर्ने क्रम बढ्दो, बनाइएका संरचना हटाउन निर्देशन

अछाम १० भाद्र । अछाममा सडक सीमा अतिक्रमण गर्ने क्रम बढेको छ। जिल्लाका सार्वजनिक सडकमा नियम विपरीत घर, टहरा र अन्य निजी सम्पत्ति थुपार्ने क्रम बढेको हो। जिल्लाको चौखुट्टे–साँफेबगर–मंगलसेन सडक खण्डसहित अन्य मुख्य सडकमा नियम विपरीत संरचना निर्माण गर्ने क्रम बढ्दो रहेको सडक डिभिजन, कार्यालय साँफेबगरका प्रमुख दमन कुमार विष्टले बताए। सडक विभागले सार्वजनिक सडकमा नियम विपरीत निर्माण गरिएका घर, टहरा तत्काल हटाउन निर्देशन दिएको  छ।

सडक डिभिजन, कार्यालय साँफेबगरले एक सूचना निकालेर चौखुट्टे साँफेबगर मंगलसेन सडक खण्ड अन्तर्गत सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना तथा सडकभित्र थुपारिएका निर्माण सामग्रीहरू लगायत सवारी साधनहरू हटाउन निर्देशन दिएको हो।

सडक विभागको स्वीकृत प्राप्त नगरी सडक सीमाभित्र सडक प्रयोगकर्ताको आवागमन वा सार्वजनिक संस्थालाई बाधा पुग्ने र सार्वजनिक हित प्रतिकुल हुने गरि घर टहरा बनाइएको भन्दै सडक डिभिजन कार्यालयले तत्काल हटाउन निर्देशन दिएको सडक डिभिजन प्रमुख विष्टले बताए।  दिइएको निर्देशन कार्यान्वयन नगरे सार्वजनिक सडक ऐन अनुसार कारबाही गर्ने उनले चेतावनी दिए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap