अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु


लेखक : सुन्दराञ्चल      फाल्गुन २७, २०८१ मा प्रकाशित     
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु

अछाम फागुन  २७,अछाममा माटोको ढिस्कोमा पुरिएर  एकैघरका जेठानी, देउरानीको मृत्यु भएको छ।
जिल्लाको मंगलसेन नगरपालिका–८ सुतुडा बाडीकी अन्दाजी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिँदा मृत्यु भएको हो ।
सोमबार दिउँसो वडा नम्बर ९ ओली गाउँ रातोमाटेमा घर पोत्ने माटो निकाल्ने क्रममा अचानक उनीहरुमाथि माटोको ढिस्को खस्दा पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
उनीहरु जेठानी देउरानी रहेको जनाएको छ ।
चैते दशैंको समयमा घर लिपपोत गर्नका लागि सो क्षेत्रमा महिलाहरू नियमित रूपमा रातो माटो खन्न जाने गर्दछन ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap