अछाममा बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
अछाममा बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

धनगढी ९ भाद्र  । अछाममा बालिकालाई बलात्कार र बलात्कार प्रयास गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पञ्चदेवल विनायक नगरपालिकामा छुट्टाछुट्टै दिन दुई बालिकामाथि करणी प्रयास र करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक जनकबहादुर बोहराले बताए ।

बालिकामाथि बलात्कार गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका २४ वर्षीय जनक बटाला र २५ वर्षीय महेन्द्र रावललाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए । बटालाले भदौ ५ गते स्थानीय मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा मोटरसाइकलमा घर पुर्‍याइदिने भन्दै जंगलमा लगेर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै रावलले पीडितलाई मर्का पर्ने गरी बटालालाई कसूर गर्न दुरुत्साहन गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।

यस्तै भदौ ३ गते पञ्चदेवल विनायक नगरपालिका–३ को गढीकोटमा बाख्रा चराउन गएका बेला बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय गोविन्द शाही पनि पक्राउ परेका छन् । पीडितले दिएको जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।

पक्राउ परेका तीनैजनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap