अछाममा जिप र मोटरसाइकल ठोक्किँदा ३ जना घाइते


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
अछाममा जिप र मोटरसाइकल ठोक्किँदा ३ जना घाइते

अछाम, १७ भाद्र । अछाम जिल्लामा २ ओटा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन्।

मध्य पहाडी लोकमार्गमा पर्ने ठुलासैन बजार नजिकै र चौरपाटी गाउँपालिको चौखुट्टेमामा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाईते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार सदरमुकाम मंगलसेन नगरपालिका वडा नम्वर ६ ठुलासैन नजिकै दुर्घटना हुदा २ जना घाईते भएका छन् भने चौखुट्टेमा भएको भएको दुर्घटनामा १ जना घाईते भएका हुन्।

घाईते हुनेमा तीनै जना मोटरसाईलमा सवार रहेका व्यक्ति रहेका बताईएको छ। ठुलासैन नजिकैभएको घटनामा घाइते हुनेमा मोटरसाइकलमा सवार कमलबजार नगरपालिका वडा नम्बर ६ का २४ वर्षीय उमेश शाही र सोही ठाउँका २७ वर्षका वीरेन्द्र शाही रहेका छन् । दुवै जनाको खुट्टामा चोट लागेको छ। घाइते दुवै जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

मंगलसैनबाट कमलबजार तर्फ गैरहेको से १ ज ७८४ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भे ८ प २६०८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन । चालक र दुबै सवारी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जनक बहादुर बोहराले जानकारी दिए।

दिपायल बाट साँफेबगर तर्फ गईरहेको से १ ज ६८१ नम्वर को जिपले विपरित दिशा बाट आईरहेको चौरपाटि गाउँपालिका ६ दुनीका अन्दाजि २२ बर्षिया टेक बहादुर साउँदले चलाएको मोटरसाईकल एकआपसमा ठोक्किँदा मोटरसाईलका चालक साउँद घाईते भएका छन।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap