अछामदेखि अफगानिस्तानसम्म


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
अछामदेखि अफगानिस्तानसम्म

अमेरिकन सेनाहरूले छोडेपछि अहिले समय समयमा अफगानिस्तानमा गोली चलेको समाचार हेरिरहेकी छु । आजका दृश्यहरू देख्दा म १८ वर्ष अघि कसरी त्यहाँ बसेछु, सम्झँदा पनि अत्यास लाग्छ ।

मलाई लाग्छ- तालिवानी सेनाले अब महिलालाई काम गर्न दिने छैन । १८ वर्ष अघि म त्यहाँ जाँदा अफगानिस्तानका गाउँहरू अस्तव्यस्त देखिन्थे । भत्किएका घर र कति ठाउँमा रसियनले देश छाडेपछि फ्याँकेका बन्दुकहरू भेटिन्थे । हिलो र माटोले गर्दा गाडी भासिएका सडकहरू देखिन्थे । मानिसहरू उदास, चुपचाप, मौन देखिन्थे । मानौं उनीहरू मसानमा छन् जस्ता ।

त्यो बेलामा पनि महिलाहरू घर बाहिर निस्कन र पढ्न बन्देज थियो । विवाहित महिलालाई बाहिरका मानिससँग कुरा गर्न बन्देज थियो । नेपालबाट त्यहाँ पुगेकी मेरो लागि यी सबै छक्क पर्ने विषय थियो ।

‘तिमीहरूमाथि यस्तो अत्याचार हुँदा पनि किन नबोलेर बसेको ? कसरी यस्तो अत्याचार सहेको होला, कस्ता साहस नभएका मानिसहरू तिमीहरू त,’ मैले अफगानिस्तानमा रहँदा एक डाक्टर सहकर्मीलाई भनेकी थिएँ ।

‘किन तिमीहरू यस्तो अत्याचारको विरुद्धमा र आफूलाई परेको पीडाको विरुद्धमा बोल्दैनौ ?,’ मेरी सहकर्मी डाक्टर नजिमा, तालिवान शासनको समयमा दुःख खपेर आएकी एक अफगानी महिला थिइन् । नजिकै बसेका उनका श्रीमान् पनि डाक्टर थिए । महिला सहकर्मी डा. नजीमाले मलाई हेरिन् तर, केही बोलिनन् । मुस्कुराइन् मात्र ।

किनभने उनलाई अङ्ग्रेजी भाषामा बोल्न आउँदैन थियो, तर उनी भाषा बुझ्थिन् । डा. नजीर अर्थात् नजिमाको पतिचाहिं पाकिस्तानमा केही समय बसेकाले अङ्ग्रेजीको बढी ज्ञान थियो । उनले भने– ‘तिमीहरूलाई के थाहा ? हतियार हातमा भएका मानिसहरूको अगाडि बोल्दा कति सतर्क हुनुपर्छ ।’

‘तालिवानको शासनमा महिलालाई बाहिर काम गर्न नदिइने भएको हुनाले यसले अफगानी समाजको शिक्षा, राजनीति र स्वास्थ्यलाई नराम्रोसित भत्काइदिएको छ,’ ताहिराले भनिन् ।

मलाई एकजना डाक्टर साथीले आफ्नो तीतो अनुभव सुनाएका थिए । उनको अनुभव थियो–

‘एकपटक म क्लिनिकमा काम गर्दै थिएँ । एक महिला आफ्नो बिरामी बच्चा लिएर मकहाँ आइन् । उनी बाहिर कुरिरहँदा केही तालिवान् पुलिस मेरो क्लिनिकभित्र आएर बाहिर ती महिला के गर्दैछन् भनेर केरकार गरे । मैले भनेँ कि उनको बच्चा बिरामी छ र मकहाँ जँचाउन ल्याएकी हुन् । तर उनीहरूले मलाई ती महिलालाई नजाँच्न आदेश दिए र भने कि म एक पुरुष भएको हुनाले मैले उसलाई जाँच्न पाउने छैन । म निराश भएँ । मैले ती बच्चा लिएर फर्किन आग्रह गरेँ । उनी पनि धेरै दुःखी भइन् र मेरो सामु रोइन् पनि । मलाई यति एकदमै बेसहारा र ग्लानी अनुभव भयो कि मैले मेरो डक्टरी पेशा र अफगानिस्तान नै छोडेँ ।’ ती साथी अहिले पाकिस्तानमा छन् ।

ती डाक्टर एक्लो व्यक्ति होइनन्, जसले यस्ता तीता अनुभवहरू सङ्गालेका छन् । अफगानिस्तानमा महिला डाक्टरहरूको पीडा पनि उस्तै थियो र तिनीहरूलाई कडा नियमको पालना गर्नुपर्थ्यो । एकजना महिला डाक्टर भन्छिन्– ‘एकपटक ट्याक्सीमा गइरहँदा मलाई अफगानिस्तानको धार्मिक प्रहरीले लखेट्यो । तिनीहरूले मलाई रोके र सोधे– तिमी किन एक्लै हिँड्दै छौ ?’

मैले भनेँ– ‘म डाक्टर हुँ र अस्पतालतर्फ जाँदैछु ।’ तिनीहरूले मेरो कुरा विश्वास नगरेपछि मैले मेरो हाकिमलाई बोलाएँ । मेरो आफ्नो बुर्का उतारेपछि हाकिमले मलाई चिनाउनुभयो । तर उल्टो उनले मलाई डण्डाले हिर्काए र मेरो शरीरमा घाउ बनाए । यस्ता घटनाले अफगानी महिला तथा पुरुष दुवैलाई कैदमा झैँ बस्न बाध्य गराएको थियो । त्यस्तो अवस्थामा मैले कसरी काम गरेँ हुँला भन त ।’

तालिवानहरूले अफगानिस्तानमा राज्य गर्दा उनीहरूका विरुद्धमा बोल्ने त के कुरा आँखामा आँखा मिलाएर हेर्न पनि सकिँदैनथ्यो । कडा धार्मिक कानून लागू गरेर उनीहरूले देशलाई एउटा जेल बनाएका थिए । कसैले उनीहरूको विरुद्धमा बोल्यो कि गोली खानुपर्थ्यो वा जेल जानुपर्थ्यो । अनि को बोल्ने ?

‘तर अब त बोले हुन्छ नि,’ मैले भनेकी थिएँ, ‘तालिवानहरू गए अब तिमीहरू कहाँ सुरक्षा गर्ने फौज छ र जुन तिमीहरूको धार्मिक कानून छैन ।’

‘त्यस्तो लाग्छ बाहिरबाट हेर्दा,’ डा.नजिरले भने– ‘तर स्थितिमा त्यति धेरै सुधार छैन । तालिवानहरू गाउँ–गाउँमा अझै छन् । उनीहरूको पालामा भनेका कतिपय कानून तोड्न हामीले सकेका छैनौं । अनि फेरि शक्तिशाली भएर उनीहरू आए भने आज हामीले बोलेका गरेका कुरालाई लिएर नै गोली ठोक्न बेर छैन ।’

डा.नजिरका कुरा सुनेर मलाई अफगानीहरूको अवस्थाप्रति दया लागेको थियो । छ महिनासम्म अफगानिस्तानमा बस्दा प्रत्येक दिन कुनै न कुनै घटनाले मलाई उनीहरू यस्तो पीडा सहेर कसरी बसेका होलान् जस्तो लाग्थ्यो ।

डा.नजिरका कुरा सुनेर मलाई अफगानीहरूको अवस्थाप्रति दया र एकप्रकारको गहिरो सहानुभूति जागेको थियो । छ महिनासम्म अफगानिस्तानमा बस्दा प्रत्येक दिन कुनै न कुनै घटनाले मलाई उनीहरू यस्तो पीडा सहेर कसरी बसेका होलान् जस्तो लाग्थ्यो । अहिले अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि पुनः त्यहीँ चक्र दोहोरिन लागेको छ ।

अफगानिस्तानको हेरात शहरको एउटा मस्जिदमा महिला भएको कारणले मलाई भित्र पस्न दिइएन । मैले मस्जिदको बाहिरी भागको मात्र फोटो खिचेँ । मसँगै गएका पुरुष सहकर्मीले चाहिँ मस्जिदभित्र गए, फोटो खिचे ।

महिला भएकै कारणले म अफगानिस्तानमा एक्लै, स्वतन्त्र हिंड्न पाइनँ । ‘बुर्का लगाएर हिँड र कुनै सुरक्षा गार्डलाई साथमा लिएर जाऊ,’ मलाई भनिन्थ्यो । दुईवटै कुरा मान्य नभएपछि म घर र अफिस मोटरमा आउने जाने मात्रै गर्थेँ ।

त्यो देशमा छ महिनाको लागि मात्र आएकी मलाई उनीहरूको कानून र संस्कृतिको विरुद्धमा बोल्नु जरुरी थिएन । त्यसैले झण्डै छ महिना म केवल मोटरमा ओहोरदोहोर गर्ने व्यक्ति बनेँ ।

नेपाल आउनुभन्दा एक दिन अघि काबुल शहरको केही भाग हेर्नुपर्‍यो भन्ठानेँ । मैले मेरो ‘एक्लै हिंड्न नपाउने भए नहिंड्ने भन्ने’ आत्मसम्मानलाई केही छिन् बिर्सेर एउटा गार्डलाई लिएर हिँडे । मेरो हातमा भएको रेडियोबाट मैले बारम्बार आफ्नो अफिसमा खबर दिनुपर्थ्यो । एक घण्टाजति हिँडेपछि र तालिवानको पालामा नष्ट गरिएका मात्र छोडेर हिंडेका महिला, धूलो र उजाड काबुल देखेपछि मलाई अन्त कतै जान मन लागेन ।

अफगानिस्तानमा म हुँदा नेपालमा पनि माओवादीहरूले दुःख दिइरहेका थिए । उनीहरूले नेपालका कति गाविसहरू ध्वस्त पारेका थिए । माओवादीले राजनीतिको नाममा र तालिवानले धर्मको नाममा नष्ट गरे ।

अफगानिस्तानको गाउँहरूमा पनि त्यस्तै भत्किएका घर र कति ठाउँमा कसैले फ्याँकेका पुराना बन्दुक देखिन्थे । हिलो र माटोले गर्दा गाडी भासिएका सडकहरू देखिन्थे । मानिसहरू उदास, चुपचाप, मौन र मानौं मसानमा छन् जस्ता देखिन्थे ।

अब सम्भवतः त्यस्तै दिनहरू शुुरु हुनेछन् । जसरी माओवादीको पालामा डरले गाउँका मानिसहरू रात नपर्दै घर छिर्थ्यो । अफगानिस्तानमा यी सबै देखेपछि ‘नेपाल पनि माओवादी युद्धको कारणले यस्तै अवस्थाबाट गुज्रिरहेको’ भन्ने विचार गरेकी थिएँ । तर अफगानीहरू त भागेर जान पनि नसक्ने । मैले अफगानिस्तान बसुन्जेल ‘अफगानी विचराहरू त जेलमा नै बसेका रहेछन् त’ भन्ने महससुस गरेँ ।

त्यहाँ बस्दाँ लेख्न र बोल्न डर लाग्यो अफगानिस्तानको बारेमा । तालिवानको हातमा बन्दुक र गोली भएकोले उसले जे चाहन्छ, त्यही नै हुन्छ । अफगानिस्तानमा कसैले तालीवानको आलोचना गर्ने साहस गर्दैन । शायद अब अफगानिस्तान १०० वर्षपछि जान्छ होला ।

अफगानिस्तानमा अस्पताल, औषधिहरू प्रायः पाइँदैन थियो । नेपालमा पनि अछामका जनताहरू औषधि नपाएर तड्पिन्छन् । अफगानिस्तानका स्वास्थ्यचौकी, अछाम र कर्णाली पुग्दा अस्पतालहरू प्रायः डाक्टरविहिन र औषधिविहिन देखिन्छन् । त्यहाँका महिलाहरू बोक्सी र बलात्कारको शिकार भए पनि स्थानीय सरकार मौन हुुन्छ । अझ कति ठाउँमा त अगुवाहरू नै बलात्कारी हुुन्छन् ।

अफगानिस्तानमा जस्तै नेपाली महिला कुसंस्कारको कारण दुःखी छन् । अफगानी महिलाहरू सबै कुरा सहेर बस्छन् । म काबुल र अफगानिस्तान घुम्दा त्यहाँका महिलाहरूले बुर्का लगाएको देख्दा दुःख लाग्यो । अहिले नेपाली महिलाहरू पनि भोक, शोक सबै आत्मसात गरेर केही भएको छैन जस्तै गरेर बस्नु परेको छ, अफगानी महिला जस्तै ।

त्यहाँ कति महिलाहरू प्रसुतिको बेला मर्छन्, तथ्याङ्क छैन । नेपालमा तथ्याङ्क त छ, तर विश्वास गर्न लायक छैन । अर्को महत्वपूर्ण यथार्थ के छ भने अफगानिस्तानमा बोल्न पाइन्न, नेपालमा धन्य बोल्न पाइन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap